+
+

हराएकी चिनियाँ स्टार टेनिस खेलाडी भिडियोमा देखिइन्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १०:००

५ मंसिर, काठमाडौं । चिनियाँ सरकारी समाचार माध्यमले स्टार टेनिस खेलाडी पेङ सुआईको भिडियो सार्वजनिक गरेको छ ।

पेङको अवस्था सार्वजनिक गर्न भन्दै विश्वव्यापी दबाब बढिरहेका बेला चिनियाँ सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले उनको भिडियो सार्वजनिक गरेको हो ।

पेङ सकुशल र स्वतन्त्र रहेको भनेर व्यापक आशंका व्यक्त भइरहेका बेला ग्लोबल टाइम्सले उनको एक भिडियो सार्वजनिक गरेको हो । पत्रिकाका प्रधान सम्पादक हु सिजिङले सार्वजनि गरेको भिडियोमा बेइजिङमा भएको एक युथ टेनिस प्रतियोगितामा पेङ देखिएकी छन् ।

तर खेलकूद अधिकारी तथा पश्चिमी नेताहरूले उक्त भिडियोलाई पुष्टि गर्न नसकिने बताएका छन् । आइतबार बिहान सार्वजनिक गरिएको उक्त भिडियोप्रति महिला टेनिस संघ(डब्लूटीए)का प्रमुखले शंका व्यक्त गरेको सिएनएनले जनाएको छ ।

डब्लूटीएका अध्यक्ष स्टिभ साइमनले पेङलाई देख्दा राहत मिलेको तर उनी स्वतन्त्र रहेको र आफ्नो निर्णय कुनै दबाब वा बाह्य हस्तक्षेपबिना गर्न सक्ने अवस्थामा रहेको भनेर प्रस्ट नभएको बताएका छन् ।

महिला डबल टेनिसकी पूर्व नम्बर १ खेलाडीसमेत रहेकी पेङले नोभेम्बर २ मा चीनका भूतपूर्व उप-प्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसयता उनी कुनै पनि सार्वजनिक स्थानमा देखिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?