+
+

भारत, अमेरिका र बेलायतमा प्रस्तावित राजदूतहरुको सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १०:३४

५ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले तीन देशका प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्दैछ ।

भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्न लागिएको हो ।

गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्रआचार्यको नाम सिफारिस गरेको थियो ।

सुनुवाइका लागि आज बिहान ११ बजेदेखि तीन चरणमा समितिको बैठक बस्दै छ । समितिकी उपसचिव विमला घिमिरेका अनुसार पहिलो बैठकमा प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी खोल्ने र प्रस्तावित व्यक्तिहरुबाट प्राप्त कार्ययोजना वितरण हुने छ ।

दोस्रो बैठकमा प्रस्तावित राजदूतहरुका सम्बन्धमा सूचना वा उजुरीकर्तासँग छलफल गरिने छ । तेस्रो बैठकमा राजदूतमा प्रस्तावित व्यक्तिहरुलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्ययोजना बनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?