+
+

‘केजीएफ २’ भर्सेस ‘लाल सिंह चड्डा’, ‘ए मेरो हजुर ४’ चैत १८ कि २५ मा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १२:०२

५ मंसिर, काठमाडौं । आगामी वर्षको अप्रिल १४ अर्थात् वैशाख १ गते हिन्दी चलचित्रको इतिहासमै सबैभन्दा ठूलो भीडन्त हुने देखिएको छ । बलिउड नायक आमिर खानले आफ्नो प्रतीक्षित चलचित्र ‘लाल सिंह चड्डा’को प्रदर्शन मिति अप्रिल १४ लाई तोकेपछि यो भीडन्त पक्का भएको हो ।

यो मितिमा साउथका स्टार यश अभिनित चलचित्र ‘केजीएफ २’ पनि विश्व बजारमा रिलिज हुँदैछ । यो चलचित्र भारतमा विभिन्न चार भाषामा रिलिज हुँदैछ । ‘केजीएफ’ले बक्स अफिसमा बम्पर कमाइ गरेकाले पनि यसको सिरिजको प्रतीक्षा विश्वभर छ । ‘केजीएफ २’ले भारतमा बम्पर कमाइ गर्ने अड्कल गरिएको छ ।

अर्कोतिर, आमिर खान र करिना कपुर अभिनित चलचित्र ‘लाल सिंह चड्ढा’को प्रतिक्षा पनि दर्शकले ब्यग्र रुपमा गरेका छन् । यसैले, अप्रिल १४ को भिडन्तलाई भारतीय चलचित्रकै इतिहासमा सबैभन्दा ठूलो भिडन्त मानिएको छ ।

यी दुई चलचित्र बक्स अफिसमा एक साथ आउँदा चैत्र २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ले लामो समयसम्म हल नपाउने निश्चित छ ।

यसैले, यदि ‘केजीएफ २’ अप्रिल १४ बाट पर हटेन भने ‘ए मेरो हजुर ४’को निर्माणपक्षले एक साता चलचित्र प्रिपोन्ड गर्ने सोच बनाएको छ । दुई ठूला चलचित्र वैशाख १ गते रिलिज भए ‘ए मेरो हजुर ४’ चैत १८ गतेबाट रिलिज हुने सम्भावना छ ।

यदि ‘केजीएफ २’ पछि हट्यो भने ‘ए मेरो हजुर ४’ निर्धारित मितिमा रिलिज हुनेछ ।

अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत अभिनित यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनिलकुमार थापाले निर्माण गरेको यो चलचित्रको टिजर एक सातापछि सार्वजनिक हुनेछ । चलचित्रको टिजरमा निर्माणपक्षले प्रदर्शन मिति उल्लेख नगर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?