+
+

‘रमरम मरौटी’को करोड क्लब सेलिब्रेसन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १२:१४

५ मंसिर, काठमाडौं । डेढ महिनाअघि सार्वजनिक गीत ‘रमरम मरौटी’ले केही दिन अगाडि युट्युबमा एक करोड भ्युज पार गर्‍यो । आइतबार बिहानसम्म यो गीतको भ्युज एक करोड २६ लाख पुगिसकेको छ ।

यसैबीच, गीतलाई एक करोडभन्दा बढी पटक हेरिएको अवसरमा यसको निर्माण टिमले केक काटेर खुशीयाली साटेको छ ।

शनिबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै गीतको निर्माण टिमले केक काटेर अडियो तथा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरेको थियो । साथै केही सञ्चारकर्मीहरुलाई समेत मायाको चिनोसँगै सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गीतका गायक तथा संगीतकार खेम सेञ्चुरीले छोटो समयमै ‘रमरम मरौटी’लाई स्रोता एवं दर्शकले दिएको साथप्रति धन्यवाद व्यक्त गरे । गायिका अस्मिता अधिकारीले पनि राम्रो गीत गाउन दिएकोमा खेमसँगै टिमलाई धन्यवाद व्यक्त दिइन् ।

भिडियोका मोडल ओबी रायमाझीले आफूले काम गरेको गीतलाई दिएको मायाले आफू निकै खुशी भएको र भोलिका दिनमा अझ राम्रो काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

भिडियोकी मोडल अभिनेत्री पूजा शर्माले लोक तथा दोहोरी गीतमा काम गर्दा निकै आनन्द आउने भन्दै आफूले लोकदोहोरी गीतलाई सधैं माया गर्ने बताइन् ।

नेत्र अर्यालको शब्द रहेको यो गीतलाई श्यामश्वेत रसाइलीले एरेञ्ज गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको ‘रमरम मरौटी’को म्युजिक भिडियोलाई सौरभ लामाले खिचेका छन् भने बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

प्रिन्सेस खरेलको लगानी रहेको गीतको भिडियो ओबी रायमाझीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । ओबीले गीतले लगानी उठाएको बताउँदै मुनाफा भने धेरै नभएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?