
५ मंसिर, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी चाँदीको मूल्य ९३ हजार २ सय रुपैयाँ छ । यस्तै, आज १२ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला मूल्य १२ सय ६० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4