+
+
Shares

बुद्धले मन्थली, पोखरा र नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १३:३६

५ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पूर्वका लागि रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने भएको छ ।

कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो प्रयोजनका लागि ट्विनअटर जहाज खरिद गर्ने समेत कम्पनीले जनाएको छ । शुरुआतमा चार वटा जहाज भित्र्याएर दुर्गम उडान शुरु गरिने भएको छ ।

त्यसपछि २०२४ मा दुई वटा जहाज थप्ने र सन् २०२६ भित्र आन्तरिक उडानमा मात्र जहाज संख्या ८ वटा पुर्‍याउने घोषणा समेत बुद्ध एयरले गरेको हो ।

दुबईमा जारी एयर शोमा ट्विनअटर जहाज निर्माता भाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव माराच्रसँग बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्रकुमार बस्नेतको भेटपछि बुद्ध एयरले दुर्गम भेगमा उडानको योजना सार्वजनिक गरेको हो ।

दुर्गमलाई सुगम, सहज र सबैको पहुँचमा लैजाने उद्देश्यसहित दुर्गममा उडान विस्तारको योजना रहेको समेत कम्पनीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?