+
+

नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता

नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । यो पार्टीले चुनाव चिह्न कुकुर लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १५:४०

५ मंसिर, काठमाडौं । नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

कार्तिक ३० गते बसेको आयोगको बैठक अनुसार नेपाल विवेकशील पार्टी दर्ता भएको हो ।

पार्टीका अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ । यो पार्टीले चुनाव चिह्न कुकुर लिएको छ ।

यस्तै दलका संघीय पदाधिकारीहरूमा कर्मा लामा तामाङ-अध्यक्ष, अजीता राई – उपाध्यक्ष (प्रमुख, संगठन र रणनीति), छिरीङ तामाङ – सचिव, नीति, अनुसन्धान तथा विश्लेषण, संगीता बाटाजु -सचिव, प्रशिक्षण तथा क्षमता विकास, शशि विक्रम कार्की – सचिव, अभियान र सञ्जाल, विजय बाबु शिवाकोटी – प्रवक्ता (प्रमुख, सूचना तथा सञ्चार) रहेका छन् ।

संघीय समितिका अन्य सदस्यहरूमा विशाल बिक्रम निरौला, कृष्णदेव भण्डारी, साधना राई, किरन साह, सन्तोष घिमिरे, जमाल अली, मोहना मोथे खनाल, अन्जन निरौला, सुनीता बाटाजु, समिर वली, सतिष बाबु कार्की, आशीष राई, जङ्गे बहादुर कुँवर, अमृत विष्ट र लक्ष्मण श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?