+
+

नेपालको बृहत् शान्ति सम्झौता लोकतान्त्रिक बाटोमा अग्रसर : अमेरिकी दूतावास

नेपालस्थित अमेरिकी दूतावासले १५ वर्षअघि भएको बृहत् शान्ति सम्झौतापछि नेपाल लोकतान्त्रिक बाटोमा अग्रसर भएको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १५:५६

५ मंसिर, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले १५ वर्षअघि भएको बृहत् शान्ति सम्झौतापछि नेपाल लोकतान्त्रिक बाटोमा अग्रसर भएको बताएको छ ।

आइतबार अमेरिकी दूतावासले ट्वीट गर्दै वृहत् शान्ति सम्झौता सवैधानिक भएको र सम्झौताले नेपाललाई लोकतान्त्रिक मागर्मा अग्रसर गराएको बताएको हो ।

‘पन्ध्र वर्षअघि नेपालका शासक तथा राजनीतिक नेताले दशक लामो हिंसा अन्त्य गर्दै र नेपाललाई लोकतन्त्रको मार्गमा अग्रसर गराउँदै वृहत शान्ति सम्झौताका लागि एकजुट भएका थिए’, अमेरिकी दूतावासको ट्वीट सन्देशमा भनिएको छ ।

त्यस्तै अमेरिकाले ‘संवैधानिक, पारदर्शी र सबैसँगको छलफलपछि भएको शान्ति सम्झौता’मार्फत् नेपालमा मानव अधिकारको थप संरक्षण र सशक्त एवं उत्थानशील लोकतन्त्र निर्माणका लागि निरन्तर सहयोग गर्ने समेत दूताबासको भनाइ छ ।

‘हामीले मानव अधिकार रक्षा र सशक्त एवं मजबुत लोकतन्त्र निर्माणका लागि अमेरिकासहित नेपाल र अन्य मुलुकको यात्रामा सँधै सहयोग गर्ने छौं’, दूतावासको ट्वीटरमा भनिएको छ, ‘हामीले संवैधानिक, पारदर्शी र सबैसँगको छलफलपछि भएको शान्ति सम्झौतामार्फत् यस प्रयासमा निरन्तर प्रोत्साहित गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?