
काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको लगनखेलस्थित कुमारीपाटीमा आइतबारदेखि प्रायोरिटी काउन्टर विस्तार गरेको छ ।
प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर कुमारीपाटीमा पनि विस्तार गरेको बैंकले जनाएको छ ।
आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको छ ।
कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्याम काजी अवालेले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा अवालेले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बैंकलाई धन्यवाद दिएका थिए ।
बैंकका प्रमुख निक्षेप अधिकृत गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया 4