+
+

अमेरिकी कम्पनी अमेजनमार्फत् दक्षिण एसियामा गाँजा तस्करी !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १८:३३

५ मंसिर, काठमाडौं । अमेरिकी ई-कमर्श कम्पनी अमेजनका कार्यकारी निर्देशकहरूमाथि दक्षिण एसियाली बजारमा गाँजा तस्करीमा संलग्न रहेको आरोप लागेको छ ।

भारतस्थित अमेजनका कार्यकारी निर्देशकहरूमाथि कम्पनीमार्फत् दक्षिण एसियामा गाँजा तस्करी गरेको आरोप लागेको हो ।

भारतको लागू औषधसम्बन्धी कानुनबमोजिम नाम नखुलाइएका ती निर्देशकविरुद्ध अभियोग पत्र दर्ता गरिएको मध्यप्रदेशको प्रहरीले बिहीबार जनाएको छ ।

तर मध्यप्रदेशको प्रहरीले कति जना निर्देशकमाथि गाँजा तस्करीको आरोप लगाएको भनेर केही खुलाएको छैन । त्यहाँको प्रहरीले नोभेम्बर १४ गते २ जना व्यक्तिलाई २० किलो गाँजासहित पक्राउ गरेकको थियो ।

पक्राउ परेका दुबैजना अमेजनमा बिक्रेताको रुपमा दर्ता गरिएको बाबु टेक्स नामक फर्मका संस्थापक रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उक्त फर्ममार्फत् स्टिभियाको पात भनेर भारतका अन्य राज्यमा गाँजा तस्करी हुँदै आएको थियो ।

अमेजनमार्फत् झण्डै दुई करोड रुपैयाँ बराबरको १ हजार किलो गाँजा बिक्री भएको समेत प्रहरीको भनाइ छ ।

अमेजनले भारतस्थित आफ्ना वरिष्ठ कर्मचारीमाथि गाँजा तस्करीको आरोप लागेपछि एक विज्ञप्ति निकाल्दै कम्पनीका पोर्टलमा प्रतिबन्धित पदार्थ बन्देज गरिएको प्रस्ट पारेको छ ।

कम्पनीसँग आबद्ध बिक्रेताले कुनै नियम उल्लंघन गरेको पाइएमा कडा कारबाही हुने समेत अमेजनको विज्ञप्तिमा उल्लेख छ । ‘यो विषयबारे हामीलाई सूचना आएको छ र हाल यसको छानबिन गरिरहेका छौं’, अमेजनको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?