+
+

काठमाडौंमा नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १८:१०

६ मंसिर, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन र बीटूबी एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ ।

पाटाको नेपाल र बंगलादेश च्याप्टरहरु बीचको संयुक्त सहकार्यमा नोभेम्बर १६-२१ सम्म नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन र बीटूबी एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको पाटाले जनाएको छ ।

कोभिड–१९ पश्चातको पर्यटन पुनरुत्थानका लागि आवश्यक पहलका रूपमा दुई छिमेकी राष्ट्र बीचको आन्तरिक र बाह्य पर्यटनलाई आपसी गठबन्धन र सहयोगको माध्यमबाट एक अर्काका गन्तव्यमा प्रवर्द्धन गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको पाटाले जनाएको छ ।

पाटा नेपालले आफ्ना सदस्य र साझेदार संस्थाहरूको सहयोगमा बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक र सचिव, पाटा बंगलादेशका अध्यक्ष र महासचिव, १० टुर अपरेटरहरू, २ संचारकर्मी र पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टरका २ विद्यार्थीहरूसहित १७ सदस्यीय बंगलादेशी प्रतिनिधिमण्डललाई नेपाल आमन्त्रण गरेको थियो ।

बंगलादेशी प्रतिनिधिका लागि आयोजना गरिएको पोखराको परिचयात्मक भ्रमणका क्रममा होटल बाराहीमा पोखरा पर्यटन परिषद् र पर्यटन बोर्ड पोखराको सहकार्यमा ७० भन्दा बढी टुर अपरेटर र सेवा प्रदायकको सहभागितामा पर्यटन नेटवर्किङ र अन्तक्र्रिया आयोजना गरिएको थियो ।

उक्त अवसरमा पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले पर्यटन पुनरुत्थान कार्ययोजनाका रूपमा तत्काल क्षेत्रीय यात्रालाई प्रवर्द्धन गर्नुपर्ने बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी र बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक तथा उपसचिव मोहम्मद सैफुलहसनले आ–आफ्नो गन्तव्यबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?