News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा बंगलादेशका परराष्ट्रमन्त्री डा. रहमानले नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
दुई मन्त्रीबीच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गरे ।
मन्त्री खनालले आवश्यक पर्ने सहयोगका विषयमा नेपालले बंगलादेशसँग छिटै समन्वय कायम राख्ने बताएका छन् ।
नेपालमा बुधबार भएको विपद्का कारण प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4