+
+

प्रचण्डको निर्वाचन क्षेत्रमा सिक्न लायक विकास : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १९:०३

६ मंसिर, चितवन । अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा भएको विकास सबैले सिक्न लायक भएको बताएका छन् ।

चितवनमा सोमबार आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले  अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र र भरतपुर महानगरपालिकामा सबैले इर्ष्या गर्न लायक विकास भएको बताए । स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सेवा, ठूला पूर्वाधारलगायतको क्षेत्रमा उल्लेख्य विकास भएको उनको भनाइ थियो ।

‘यो इर्ष्या भनेको सकारात्मक इर्ष्या हो, देशभर सबैले सिक्न लायक विकास भएको छ,’ उनले भने, ‘यहाँको विकास मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’

मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै भरतपुरमा निर्माणाधीन रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?