+
+

सल्यानको कांग्रेस सभापतिमा केशबहादुर विष्ट विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १४:३७

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका केशबहादुर विष्ट विजयी भएका छन् । प्रतिद्वन्द्वी संस्थापन इतर (रामचन्द्र पौडेल) समूहका ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित सभापति विष्ट जिल्ला समन्वय समिति सल्यानका प्रमुखसमेत हुन् । विष्ट ६१२ मत ल्याएर विजयी हुँदा पुरीले ६०७ मत ल्याएका छन्

त्यस्तै उपसभापतिमा संस्थापन पक्षका सन्तोष केसी र संस्थापन इतरका चक्र देवकोटा निर्वाचित भएका छन् । सचिवमा एकराज बुढाथोकी र प्रकाश भण्डारी निर्वाचित भएका छन् । भण्डारी संस्थापन र बुढाथोकी संस्थापन इतर समूहका हुन् ।

सह–सचिवमा संस्थापन इतर समूहका जनकराज गौतम र पदमबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?