
७ मंसिर, काठमाडौं । चीनले स्टार टेनिस खेलाडी पेङ सुआईको विषय दुर्भावनापूर्ण तरिकाले चर्काइएको’ र राजनीतीकरण गरिएको बताएको छ ।
मंगलबार चिनियाँ विदेश मन्त्रालयले सुआईको विषयलाई केही मानिसले ‘गलत नियत राखेर चर्काइरहेको’ र ‘राजनीतिकरण गरिएको’ जनाएको हो ।
मंगलबार मन्त्रालयकी प्रवक्ता झाओ लिजियानले नियमित पत्रकार ब्रिफिङमा बोल्दै यस्तो कार्य बन्द गर्न समेत भनेकी छन् ।
‘केही मानिसले यो विषयलाई नियतबश एवं दुर्भावनासहित चर्काउने र राजनीतीकरण गर्ने कार्य बन्द गर्नुपर्छ’, पेङको विषयले चीनको छबिमा असर परेको वा नपरेको भनेर सोधिएको प्रश्नको उत्तर दिने क्रममा लिजियानले भनिन् । पेङको मुद्दा कुटनीतिक विषय नभएको समेत उनको भनाइ थियो ।
पेङले एक चिनियाँ नेतामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएलगत्तै सार्वजनिक स्थलमा केही समय देखिएकी थिइनन् । उनले केही समयअघि पूर्व-उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनलाई बेपत्ता पारिएको भन्दै सर्त्रव चिन्ता बढेको थियो ।
तर आइतबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्षसँग पेङले ३० मिनेट कुरा गरेको भिडियो बाहिर आएको थियो । उनी महिला डबल टेनिसकी पूर्व नं १ खेडाली हुन् ।
प्रतिक्रिया 4