+
+

मौलिक सँस्कृति बिगारेको भन्दै सेलिब्रिटीमाथि थप कडाइ गर्दै चीन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १०:४४

८ मंसिर, काठमाडौं । चीनमा सेलिब्रिटी र उनीहरूका फ्यानलाई अनलाइनमा थप कडाइ गरिने गरी नयाँ नियम ल्याइएको छ ।

अनलाइनमा धेरै मानिस सक्रिय हुँदा ‘भद्रगोल’ सिर्जना भएको र ‘तामझामपूर्ण आनन्द’लाई बढावा दिएको  भन्दै सेलिब्रिटी र उनीहरूका फ्यानमाथि कडाइ गरिएको गरी नयाँ नियम ल्याइएको फाइनान्सिअल टाइम्सले जनाएको छ ।

मंगलबार चीनको साइबरस्पेश एडमिनिस्ट्रेशनले सेलिब्रिटी र उनीहरूका फ्यानलाई कडाइ गर्ने गरी विभिन्न नियम जारी गरेको समाचारमा उल्लेख छ ।

सामाजिक मूल्य-मान्यतामा सुधार ल्याउने राष्ट्रपति सी जिनपिङको अभियानअन्तर्गत एरोस्पेश एडमिनिस्ट्रेशनले नयाँ नियम जारी गरेको हो । नयाँ नियममार्फत् सेलिब्रिटी, उनीहरूको विज्ञापन र फ्यानमाथि थप कडाइका साथ नियमन गरिने छ ।

एरोस्पेश एडिमिनिस्ट्रेशनले चिनियाँ समाजका मौलिक मूल्य-मान्यतालाई बिगार्दै गएको भन्दै ‘इन्टरनेट सामग्रीको सर्वोच्चता’ र ‘अस्वभाविक सौन्दर्य’को आलोचना समेत गरेको छ ।

नयाँ नियम लागू भएपछि अनलाइनमा करोडौं फलोअर्स भएका र फ्यानले सञ्चालन गर्दै आएका अनलाइन पेजमाथि प्रतिबन्ध लगाउने सकिने छ । समानता र साझा समृद्धि प्रवर्द्धन गर्दै युवा संस्कृतिलाई पुनर्भाषित गर्ने सरकारको अभियानलाई चुनौती दिएपछि फ्यान पेजमाथि बन्देज लगाउने नयाँ नियम ल्याइएको हो ।

नयाँ नियम जारी भएसँगै फ्यान ग्रुपलाई सेलिब्रिटीका पेशेवर एजेन्टले सञ्चालन गर्नु पर्नेछ । त्यस्तै, अनलाइन फ्ल्याटफर्मले गैरकानुनी एवं अनैतिक क्रियाकलापमा मुछिएका सेलिब्रिटीको प्रवर्द्धन गर्न पाउने छैनन् ।

तर संगठित तथा सामाजिक गतिविधिमा संलग्न हुन सक्ने फ्यान ग्रुपको क्षमताका कारण चिन्तित भएर चिनियाँ अधिकारीले कडा नियम ल्याएको विज्ञहरू ठान्छन् ।

अगस्टमा राष्ट्रपति सी जिनपिनले ‘साझा समृद्धि’को अभियान घोषणा गरेपछि चीनले आफ्नो साँस्कृतिक उद्योगमाथि थप नियन्त्रण गर्न थालेको समाचारमा उल्लेख छ । यस क्रममा कैयौं सेलिब्रिटी सरकारको निशानामा परेका छन् ।

यसै महिना चाइना फिल्म एडमिनिस्ट्रेशनले स्थानीय चलचित्रको गुणस्तर सुधार्न, दर्शक बढाउन र चिनियाँ इतिहास, समाजवाद तथा सुधार जस्ता विषयलाई प्राथमिकता दिने सामग्रीमाथि जोड दिन भन्दै नयाँ निर्देशिका लागू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?