+
+

सर्लाहीमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:२२

८ मंसिर, जनकपुरधाम। सर्लाहीमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बागमती नगरपालिका-१० केराबारीमा कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बीआर ०५पीए ७१९९ नम्बरको टाटा सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सुमोको ठक्करबाट मोटरसाइकल चालक हरिवन नगरपालिका-७ बस्ने २५ वर्षीय देव मोक्तान र पछाडि सवार २३ वर्षीय मिलन ब्लोनको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

ठक्कर दिने टाटा सुमोसहित चालकलाई इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?