+
+

अब नो एकता, नो एकीकरण : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १७:१७

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताए ।

युवा संघले बनाएको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको बताए । ‘अब नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन, त्यसकारण नो एकता, नो एकीकरण’ उनले भने, ‘जो साथीहरु हुनुहुन्छ आउनुस्,, एमाले मिलेर काम गरौं ।’

ओलीले अघि भने, ‘एकता एकीकरणको वार्ता को सँग गर्ने ? माधव नेपालसँग गर्ने एकीकरण ? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्यूँझिनुस् र फर्किनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?