+
+

कैलालीका-४ निर्वाचन क्षेत्रको सभापतिमा संस्थापन पक्षको जित

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर ८ गते १८:४७

८ मंसिर, धनगढी । कैलालीका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ ।

काँग्रेस कैलालीका प्रचारप्रसार विभाग प्रमुख नृपबहादुर सुनारले सबै क्षेत्रमा निर्वाचन प्रक्रियामार्फत क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधि चयन भएको जानकारी दिए । उनकाअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा निवर्तमान सभापति भुवन अधिकारीलाई पराजित गर्दै सचिव प्रकाश शाह सभापतिमा विजयी भएका छन् ।

क्षेत्र नम्बर १ बाट काँगेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावल, पूर्व कृषि राज्यमन्त्री जनक चौधरी र तत्कालीन जिल्ला विकास समितिका सभापति नारायण मिश्र लगायत २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मिश्र बाहेक क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिमा निर्वाचित सबै सभापति देउवा पक्षीय उम्मेदवार हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा निवर्तमान सभापति रामबहादुर बिष्टलाई पराजित गर्दै लम्कीचुहा नगरपालिका–२ का निर्वाचित वडाध्यक्ष विष्णु ढकाल सभापतिमा निर्वाचित भएका छन् ।

ढकालले ३५७ र विष्टले २९५ मत पाए । महाधिवेशन प्रतिनिधितर्फ पौडेल समूूहका कमल शाह बाहेक सबै सभापति देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर ३ मा गोकेन्द्र भण्डारीलाई पराजित गर्दै रीता चौधरी सभापतिमा निर्वाचित भएकी छन् । चौधरीले ३०८ र भण्डारीले १५३ मत पाए ।

क्षेत्र नम्बर ४ मा बसन्त रोकाया (ललित) प्यानलसहित सभापतिमा विजयी भएका छन् । निवर्तमान सभापति दिनेशराज जोशीलाई पराजित गर्दै रोकाया सभापति निर्वाचित भएका प्रचारप्रसार विभाग प्रमुख सुनारले बताए । क्षेत्रीय सभापतिमा निर्वाचित सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

यो क्षेत्रमा मतगणनामा विवाद भएपछि महाधिवेशन प्रतिनिधिको निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छैन ।

क्षेत्र नम्बर ५ मा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ अबेर मतदान सकिएको थियो । यहाँ अहिले मतगणना जारी रहेकाले अन्तिम मत परिणाम आउन समय लाग्ने नेताहरुले बताएका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?