
८ मंसिर, काठमाडौं । चर्चित व्यवसायी देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । व्यवसायिक प्रतिष्ठान प्रभू समूहका अध्यक्ष समेत रहेका भट्टचन बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् ।
बाग्लुङबाट भट्टचनमात्रै सर्वसम्मत भएका हुन् । अन्य प्रतिनिधि छनोट भने चुनावबाट भएको थियो । महाधिवेशन प्रतिनिधिमा चयन भएपछि भट्टचनले अब आफू सक्रिय राजनीतिमा होमिएको अनलाइनबरलाई बताए ।
पारिवारिक पृष्ठभूमि नै कांग्रेस भएकोले यसैमार्फत सशक्त ढंगले राजनीतिमा लाग्ने उनले बताए । ‘२०४८ सालदेखि नै म कांग्रेसको सदस्य हुँ, मेरो उपस्थिति कांग्रेसलाई थप बलियो बनाउन महत्वपूर्ण हुने विश्वास छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4