+
+

रुसी कोइला खानीमा ४५ मजदुर फसे, उद्धार कार्य जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १२:४३

९ मंसिर, काठमाडौं । रुसको एक कोइला खानीमा ४५ जना मजदुर फसेका छन् । कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका ४५ जना मजदुर फसेका हुन् ।

बिहीबार साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको एक कोइला खानीमा आगलागी भएपछि ४५ मजदुर फसेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

केमेरोभोको लिस्टभ्याज्नाय कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका मजदुर फस्न पुगेको केमेरोभोको क्षेत्रीय अनुसन्धान समितिले जनाएको छ । हाल खानीमा फसेका मजदुरको उद्दार कार्य जारी रहेको र ७० बाहिर ल्याएको समितिको भनाइ छ ।

‘प्रारम्भिक विवरणअनुसार केही मजदुरलाई विषाक्त धुँवाले असर गरेको छ’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित मजदुरको संख्या तय गर्ने कार्य जारी छ ।’

यसैबीच इन्टरफ्याक्स समाचार माध्यमले खानीका एक अधिकारीलाई उदृत गर्दै ७५ जना खानी मजदुरको अवस्था अज्ञात रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?