+
+

चलचित्र ‘टुल्की’ सेन्सर पास

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १४:३८

९ मंसिर, काठमाडौं । चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र विकास बोर्डको केन्द्रीय चलचित्र जाँच पास समितिले टुल्कीलाई प्रदर्शनका लागि अनुमति प्रदान गरेको हो । चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै अब यो चलचित्र जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।

द पाल्म ग्रुप प्रालिको ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा निर्माण गरिएको ‘टुल्की’मा शिशिर वाङदेल, स्वस्तिमा कार्की, हिमाली हमाल, नरेन तामाङ, रत्नप्रसाद न्यौपाने, सोम लामा, शेखर लामा, सौजन सुब्बा, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ ।

लक्ष्मण सुनारको कथा र देवजंग थापाको छायाँकन तथा निर्देशनमा बनेको ‘टुल्की’मा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । झण्डै चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माणपक्षको भनाइ छ । निर्माणपक्षका अनुसार अहिलेसम्म चलचित्रमा ९० लाख रुपैयाँ बढी लगानी भएको छ ।

‘टुल्की’ नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सहभागी हुने जनाइएको छ ।

निर्माण टिमले दुई महिना अगाडि चलचित्रको फस्टलुक पोस्टर र टिजर सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?