+
+

प्रदीप यादवमाथि जसपाको कारबाही, केन्द्रीय सदस्य पद खोसियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १४:५८

९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । उनलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइएको छ ।

मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए । पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । सांसद यादवले आरोप अस्वीकार गरेका छन् ।

बुधबार सकिएको जसपा बैठकले यादवलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् । एक नेता भन्छन्, ‘यदि झण्डा जलाएको पुष्टि भयो भने केन्द्रीय सदस्यबाट हटाउने निर्णय कायमै रहन्छ, नभए जिम्मेवारीमा फर्कन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?