
९ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने छैनन् । विवाहमा आएका अतिथिहरुले तोकिएको कुनै स्थानमा मोबाइल राखेर मात्र समारोहमा प्रवेश गर्नुपर्नेछ ।
विवाह समारोहका कुनै पनि गतिविधि गोप्य राख्ने मनसायले कट्रिना र विक्कीले यस्तो तरीका अपनाएको बताइएको छ । आफ्नो विवाह समारोहलाई गोप्य राख्नका लागि उनीहरुले एक टिम समेत ‘हायर’ गरेका छन् ।
यसअघि बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहमा पनि अतिथिलाई मोबाइल लैजान प्रतिबन्ध लगाइएको थियो ।
यसैगरी कट्रिना र विक्कीले परम्परागत विवाह गर्नुअघि कोर्ट म्यारिज गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोर्ट म्यारिज गर्नासाथ उनीहरुले जयपुरमा आफ्नो रीतिरिवाज अनुसार विवाह गर्नेछन् ।
प्रतिक्रिया 4