+
+

एमाले महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते ९:१३

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि कांग्रेस जिल्ला अधिवेशन नै प्रभावित भएको हो ।

एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जनाए । अधिवेशनको अर्काे मिति भने तय भइसकेको छैन ।

कांग्रेसको जिल्ला कार्यसमितिले निर्वाचन कार्यक्रम प्रदेश अधिवेशनपछि मात्रै गर्ने गरी निर्वाचन समितिलाई पत्र पठाएको निर्वाचन अधिकृत पोखरेलले विज्ञप्तिमार्फत् जनाएका छन् । उनले जिल्ला कार्यसमितिको राय केन्द्रीय निर्वाचन समितिलाई पठाइसकेको तर कुनै जवाफ नआएकाले तत्काल अधिवेशनका कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने कार्यतालिका थियो । शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान गर्ने तयारी निर्वाचन समितिको थियो ।

एमालेको १० औं महाधिवेशनका कारण चितवनका सबै होटलहरु भरिएका छन् भने यातायात व्यवस्था पनि अस्तव्यस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?