+
+

सेल्सवेरीको ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १३:१९

काठमाडौं । सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले नेपाली उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं क्षेत्रमा सञ्चालित सेल्सवेरी र पोखरा क्षेत्रमा सञ्चालित सेलवेज डिपार्टमेन्टल स्टोर्सका सबै शाखामा लागु हुने गरी अफर सार्वजनिक गरिएको हो ।

शुक्रबारदेखि लागु हुने यो अफर मंसिर १८ गते शनिबारसम्म लागु हुनेछ । विदेशमा सिजनल रुपमा ब्ल्याक फ्राइडे अफर अन्तर्गत विशेष छुट प्रदान गर्ने प्रचलन छ ।

नेपालमा सेलवेज र सेल्सवेरीमा ब्ल्याक फ्राइडे अफरको नयाँ प्रयोगको शुरुआत गरिएको हो । यो अफर अन्तर्गत विशेष छुट प्राप्त गरी नेपाली उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । यो अफर अन्तर्गत ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?