+
+
Shares

गाउँपालिका कार्यालय आगलागी गरेको शंकामा पक्राउ परेका दुई जना जेल चलान  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १४:२८

१५ असोज, हुम्ला । गत भदौ ७ मा हुम्लाको ताजाँकोट गाउँपालिकाको कार्यालयमा आगलागी आशंका प्रकाउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् ।

आगलागी संगलनता देखिएका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले जानकारी दिए ।

आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका कृष्णचन्द्र जैसी र ताजाँकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकाललाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

आगलागीबाट जिन्सी शाखा, लेखा तथा जिन्सी र प्रशासन शाखामा क्षति पुगेको थियो । गाउँपालिकाको आर्थिक वर्ष २०७३–०७४ देखि हालसम्मका लेखा लगायत विभिन्न शाखाका कागजात जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?