+
+

आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १९:३२

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ को सेवाग्राही केन्द्रित योजना सार्वजनिक गरिएको छ । सोही योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (रु‍. ३०० सम्मको) क्यासव्याकको अफर रहेको छ ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यस योजनामार्फत सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र क्यासव्याकमार्फत भरपुर फाइदा उठाउन सक्ने बताए ।

उक्त अफरमा आईएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँने आईएमईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?