+
+

एमाले महाधिवेशनको बन्दशत्र सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १३:१८

११ मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् ।

बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् ।

महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने एक नेताले जानकारी दिए । बैठकले १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो ।

शुक्रबार सुरु भएको एमाले महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?