+
+

एमाले उपमहासचिवमा को कसको दावी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १३:४१

११ मंसिर, चितवन । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पदको संख्या थप भएपछि आंकाक्षीको संख्या पनि थपिएको छ ।

यसअघि एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा अन्य पदमा दावी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन् ।

शुक्रबार राति बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उपमहासचिव पद १ बाट थपेर ३ पु¥याउने निर्णय गरेको थियो । यी तीन पदमा वर्तमान केन्द्रीय कमिटीका तीन वरिष्ठ सचिवहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले दावी गरेका छन् ।

नवौं महाधिवेशनमा सचिव पदमा पराजित भएका स्थायी कमिटी सदस्य विष्णु रिमालले पनि उपमहासचिव पदको आकांक्षा राखेका छन् ।

यसअघि उपमहासचिव पदमा सचिव प्रदीप ज्ञवाली सर्वसम्मत जस्तै रहेकामा पद संख्या थप भएपछि अरु आकांक्षीहरु पनि थपिएका एमाले अध्यक्ष ओलीनिकट एक नेताले बताए ।

सचिव गोकर्ण विष्टले सचिवमा नै दोहोरिने चाहना राखेका थिए भने पृथ्वी सुब्बा गुरुङले महासचिवमा दावी गरेका थिए । स्थायी कमिटी सदस्य रिमालले पनि सचिव पदमा दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?