+
+
बन्दसत्रमा ओलीको सम्बोधन :

‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगरौं, फेरि पालो आउँछ’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १९:००
एमालेको १० औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

११ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र नबुझ्न र पार्टी एकतामा असर पर्ने गरी अस्वस्थ्य प्रतिस्पर्धा नगर्न महाधिवेशन प्रतिनिधिहरुले आह्वान गरेका छन् ।

दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई हतारो नगर्न आग्रह गरे । ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं’ उनले भनेका छन्, ‘कसै न कसैले कुनै न कुनै जिम्मेवारी त सम्हाल्नैपर्छ, तर पार्टीको प्रतिष्ठा, पार्टीको एकता खदिलो हुने कुरामा असर गर्ने कुरा नगरौं ।’

उनले अघि भने, ‘फेरि पालो आउँछ । सानो देश भएपनि यत्रा पालिकाहरु छन्, प्रदेशसभाहरु छन्, प्रतिनिधिसभा छ । अरु ठाउँहरु छ । अहिले नभए फेरि आउला ।’

सिंगो देशले आफूहरुलाई हेरिरहेको भन्दै एमाले अध्यक्ष ओलीले हतारो गर्ने, लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र बुझ्ने र प्रतिस्पर्धालाई अस्वस्थ्य बनाउने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले अघि भने, एउटाले मात्र पनि अस्वस्थ्य व्यवहार भयो भने सिंगो पार्टीको छविमा आँच आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?