
११ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गरेका छन् ।
चितवनको सौराहमा जारी बन्दसत्रमा विष्णु पौडेलले नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव राखेका थिए, जसलाई अधिकांशले समर्थन गरेका छन् ।
तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले उक्त निर्णयको विरोध गरेका छन् । ‘हामीले विधानमा के लेख्यौं भनेर हेक्का राख्नुपर्छ । हामी केही बसेर विधान संशोधन गर्यौं भन्न मिल्दैन,’ उनले भने, ‘कि त विधानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्यो ।’
लोकतान्त्रिक परिपाटीलाई यसरी छोड्नु जबजको अवमूल्यन हुने उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4