+
+

बझाङमा पानी घट्टको विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ९:२९

१२ मंसिर, धनगढी । बझाङमा पानी घट्टको विषयमा विवाद हुँदा भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका-७ को ज्वाडामा स्थानीय दीपेन्द्र थापाले सञ्चालन गर्दै आएको घट्टको विषयमा विवाद हुँदा भएको झगडामा सोही ठाउँका पिरु भण्डारीको मृतयु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टका अनुसार शनिबार मदिरा सेवन गरेर मृतक भण्डारी पानी घट्टमा प्रवेश गरेपछि थापाले कुुटपिट गरेका थिए ।

कुुटपिटबाट गम्भीर घाइते भएका भण्डारीको उपचारको क्रममा मृत्युु भएको हो । प्रहरीले कुुटपिट गर्ने घट्ट सञ्चालक थापालाई पक्राउ गरेर अनुुसन्धान गरिरहेको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?