+
+

ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ९:५४

१२ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो ।

बैंकको घोषित लाभांश लिन चाहानुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् ।

बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?