+
+

८० वर्ष आयुको पुल बन्दाबन्दै भत्कियो !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १४:५०

१२ मंसिर, काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल बन्दाबन्दै भत्किएको छ । करिब ५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पक्की पुल स्विस सरकारको सहयोगमा बनिरहेको थियो ।

८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी डिजाइन भएको पुल बनिनसक्दै भाँचिएको हो । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने सो पुल १२ फागुन २०७६ मा शिलान्यास गरिएको थियो । पुल ढलानपछि टेकाले थाम्न नसकेर भाँचिएको हो ।

असार २०७७ सम्ममा नै बनाइसक्ने गरी बनाउन शुरु गरिएको पुल ४५ मिटर लामो, ६ मिटर चौडाइको थियो । पुलमा दुवैतर्फ एक दशमलब २० मिटर पैदल यात्रु हिँड्ने स्पेस पनि बनाइएको थियो । केवल ट्रस, खुला फाउन्डेसनको १ मात्रै स्पानमा बनिरहेको पुलको दुवैपट्टि पक्की पिलर बनाएर ट्रस जडान गर्नुपर्ने थियो ।

पुल बनेपछि भोजपुर सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच बन्ने आशा स्थानीयवासीमा थियो । जोखिम मोलेर यात्रा गर्दै आएका उनीहरुको आशा पुल भत्किएसँगै भत्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?