+
+

कोठा नम्बर ४०१ मा तयार हुँदैछ एमाले केन्द्रीय सदस्यहरुको सूची

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १५:५५

१२ मंसिर, कामाडौं । नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राखेका थिए । तर उनी विहानैदेखि नेताहरुसँग छलफलमा छन् ।

पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले पनि अध्यक्ष ओलीलाई भेटेर लबिइङ गरेका छन् ।

एक नेताका अनुसार अहिले केन्द्रीय सदस्यहरुको सूची बनाउने काम भइरहेको छ । संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाइरहेको स्रोतले बताएको छ ।

चार नेताले बनाएको सूचीलाई अध्यक्ष ओलीले अन्तिम रुप दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?