+
+

सरकारले विपन्नका लागि जनमुखी कार्यक्रम ल्याएको छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १७:०१

१२ मंसिर, रुकुम । अर्थमन्त्री जनार्दन शर्माले सरकारले पहिलो पटक गरिब र विपन्नका लागि जनमुखी कार्यक्रम ल्याएको बताएका छन् । पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण, दीर्घ रोगीलाई मासिक पाँच हजार उपचार खर्च, घाइते अपाङ्गता भएका व्यक्तिलाई उपचार खर्च दिनेजस्ता कार्यक्रम सोही अनुसार बजेटमा राखेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीले आयोजना गरेको सभालाई आइतबार सम्बोधन गर्दै उनले गरिबी र अभाव अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताए । सो अवसरमा उनले राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक तीन हजारका दरले जीवनवृत्ति प्रदान गर्न लागिएको, हरेक पालिकामा कम्तिमा ५०० युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बिमाको प्रिमियम अनुदान ८० प्रतिशत पुर्‍याइएकोजस्ता कार्यक्रमको चर्चा गरेका थिए । यी कार्यक्रमलाई उनले जनमुखी कार्यक्रमको संज्ञा दिए ।

‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन,’ उनले भने, ‘समग्र विकास र सम्पन्नताको जगमामात्र समाजवाद खडा हुनसक्छ ।’

मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उनले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?