+
+

कांग्रेसको दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १७:१६

१२ मंसिर, सुर्खेत । नेपाली काँंग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रेग्मीले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पराजित गरे ।

रेग्मीले ७९१ र भण्डारीले ७५४ मत प्राप्त गरे । दैलेख यसअघिदेखिनै पौडेल समुहको पकड क्षेत्र मानिन्छ । रेग्मीका प्रतिद्वन्द्वी भण्डारी दुल्लु नगरपालिकाका मेयर हुन् ।

प्रदेशका अन्य जिल्लामा देउवा पक्षले पौडेल पक्षको बिरासत भत्काए पनि दैलेखमा भने देउवा पक्ष पराजित भयो । यस्तै जिल्ला उपसभापतिमा नवराज शाही र रीताकुमारी शाही, सचिवमा खेमराज वली र नारायणप्रसाद रेग्मी र उपसचिवमा कनकबहादुर सेन ठकुरी र महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?