+
+

एमालेमा वरिष्ठ उपाध्यक्ष को ? ओलीलाई नेम्वाङले दिए तीन विकल्प

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १८:१०
सौराहामा एमाले नेता सुवासचन्द्र नेम्वाङ र शेरधन राई ।

१२ मंसिर, चितवन । अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेकपा एमालेको नेता सुवासचन्द्र नेम्वाङ सहमतिको तीन विकल्प अघि सारेका छन् ।

नयाँ नेतृत्व चयनका लागि सौराहमा चलिरहेको महाधिवेशनमा नयाँ कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार लिएका ओलीलाई  नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । तर पदाधिकारीमा सहमति जुट्न सकेको छैन ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी छ । नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाएका थिए ।

स्रोतका अनुसार राईसँग भएको भेटमा ओलीले उसो भए विकल्प के छ र ? भनेर सोधेका थिए । उनले भने नेम्वाङले अघि सारेको तीन विकल्प सुनाएका छन् ।

पहिलो : वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने ।

दोस्रो : दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने ।

तेस्रो : निर्वाचन ।

स्रोतका अनुसार नेम्वाङ बरु चुनाव लड्ने, तर पोखरेललाई नेता नमान्ने अडानमा छन् । महासचिव पोखरेलले वकिलले पार्टी चलाउँछ ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले भनेका छन्, ‘वकिलले पार्टी चलाउँछ कि चलाउँदैन हेर्न निर्वाचनमा जाऊँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?