+
+

कांग्रेसको तनहुँ सभापतिमा जीतप्रकाश आले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ८:४८

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जीतप्रकाश आले विजयी भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलका उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरेका हुन् ।

सभापतिमा निर्वाचित आलेले ९५१ मत पाएका छन् भने न्यौपानेले ७८३ मत पाएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा १७८५ मत खसेको थियो ।

न्यौपाने कांग्रेस तनहुँका वर्तमान सभापति एवं व्यास नगरपालिकाका प्रमुख हुन् । आलेलाई संस्थापन समूहको समर्थन थियो । वरिष्ठ नेता पौडेलले न्यौपानेलाई जिल्ला सभापतिमा दोहोर्‍याउन खोजेपछि आलेले संस्थापन समूहमा पुगेका हुन् । उनलाई तनहुँका संस्थापन समूहका नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्लेले सभापतिमा सहयोग गरेका हुन् ।

उपसभापतिमा राजेन्द्र कुमार श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् । त्यस्तै सचिव पदमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

दुई सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई निर्वाचित भएका छन् । सहसचिव मिलनबाहेक सबै पदमा सभापति आले समूहबाट विजयी भएका हुन् । कोषाध्यक्ष मनोनित गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?