+
+

चीनले लद्दाख नजिकै क्षेप्यास्त्र र रकेट तैनाथ गरेपछि भारत चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १७:१५

१३ मंसिर, काठमाडौं । चीनले वास्तविक नियन्त्रण रेखा नजिकै पूर्वी लद्दाखमा आफ्नो सैन्य उपस्थिति र पूर्वाधार बढाएपछि भारत चिन्तित बनेको छ ।

बीबीसी हिन्दीका अनुसार दुबै मुलुकबीच हालै भएको वार्ताका क्रममा भारतले चिनियाँ सेनासँग पूर्वी लद्दाखमा भइरहेका गतिविधिबारे कुराकानी गरेको थियो ।

वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै चीनले सडकसहित सैन्य अखडा निर्माण गरेको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ । यसबाहेक चीनले आफ्नो क्षेप्यास्त्र बलसहित ठूला हतियार तैनाथ गरेको र यही कारण भारत चिन्तित बनेको समाचारमा उल्लेख छ ।

स्रोतका अनुसार चीनले सडक मार्ग फराकिलो पारिरहेको र नयाँ धावन मार्ग बनाएकाले नयाँ सैन्य संरचना विशेष महत्वपूर्ण रहेको छ । नयाँ धानवमार्ग काशगर, गार गुंसार होतनबाट अलग राखिएको छ ।

फराकिलो सडकमार्ग बनेसँगै एलएसीमा चिनियाँ सेनाको पहुँच थप सुदृढ हुने स्रोतको भनाइ छ । त्यस्तै, चीनले आफ्नो वायु तथा थल सेनाका लागि समेत यस्तै खाले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरेको छ ।

दुर्गम क्षेत्रमा सैन्य संरचना निर्माण गर्दा अमेरिकी र अन्य सेटलाइटबाट चिनियाँ सेनालाई सुरक्षित राख्न सकिने भएकाले उक्त क्षेत्रमा नयाँ सैन्य संरचना निर्माणमा चीन लागेको हो ।

तिब्बत र उक्त क्षेत्रसँग परिचित मानिसलाई सेनामा भर्ती गर्ने प्रयास भइरहेको र नयाँ फौजलाई हान सुरक्षा बलसँगै तैनाथ गरिने समाचारमा उल्लेख छ । चीनले दुर्गम क्षेत्र भएका कारण मुख्य भूमिका मानिसलाई त्यहाँ टिक्न निकै गाह्रो हुने भएकाले स्थानीय मानिसलाई नै तैनाथ गर्न चाहेको बताइएको छ ।

विगतका हिउँदको तुलनामा लद्दाखमा यस पटक आवास र सडक सञ्जाल निकै सुधारिएको र उक्त क्षेत्रको जलवायुसँग समेत चीन थप अभ्यस्त बन्दै गएको छ । यसबाहेक, चिनियाँ जनमुक्ति सेनाले स्वायत्त तिब्बत क्षेत्रमा रकेट र क्षेप्यास्त्र बल तैनाथ गरिसकेको छ । साथै, चीनले उक्त क्षेत्रमा निगरानी गर्न भन्दै ठूलो संख्यामा ड्रोन परिचालन गरेको छ ।

(बीबीसी हिन्दीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment