
१३ मंसिर, काठमाडौं । पब्जी मोबाइल गेम विश्वभर नै निकै लोकप्रिय मोबाइल गेम हो । यो ब्याटल रोयल गेमका पारखीहरुले पब्जीका लागि ठूलै रकम खर्च गरिरहेका छन् ।
एक रिपोर्ट अनुसार पब्जी गेम खेल्नेहरुले हालसम्म यसमा ७ अर्ब डलर भन्दा धेरै रकम खर्च गरिसकेका छन् । यो खर्च एप्पलको एप स्टोर तथा गुगल प्ले स्टोरमा पब्जी एपका लागि गरिएको खर्च हो ।
सेन्सर टावरको रिपोर्ट अनुसार पब्जी मोबाइलले सन् २०२१ को तेश्रो त्रैमासिकमा ७७ करोड १० लाख डलर को कीर्तिमानी आम्दानी गरेको छ । रिपोर्ट अनुसार पब्जी मोबाइलले सन् २०२१ मा दैनिक औषत ८१ लाख डलर आम्दानी गरेको छ ।
पब्जी मोबाइलले गरेको आम्दानीमध्ये सबैभन्दा धेरै आम्दानी चीनमा भएको छ । दोश्रो स्थानमा अमेरिका छ ।
पब्जीको गेम फर पीसले चीनमा अहिलेसम्म ४ अर्ब डलर आम्दानी गरिसकेको छ । जुन विश्वव्यापी आम्दानीको ५७ प्रतिशत हो । त्यस्तै अमेरिकामा पब्जीमा गरिएको खर्च पब्जीको कूल आम्दानीको ११.८ प्रतिशत छ । त्यसैग्री ४.२ प्रतिशतका साथ जापान तेश्रो नम्बरमा छ । भारतमा भने पब्जी एप प्रतिबन्धित छ ।
पब्जीमा गेमरहरुले गरेको कूल खर्चको आधारमा एप्पल स्टोलको हिस्सेदारी सबैभन्दा धेरै छ । कूल आम्दानीमा गुगल प्ले स्टोरको हिस्सा १९ प्रतिशत रहँदा बाँकी एप स्टोरको रहेको छ । एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4