+
+

कांग्रेस महाधिवेशनमा २५ गते उम्मेदवारी, २७ गते मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते २०:१९

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

शीर्ष नेताहरुसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ ।

नयाँ कार्यतालिकाअनुसार अब २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।

दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते विहान ८ बजे मतदान हुनेछ ।

हेर्नुहोस् निर्वाचन कार्यतालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?