+
+

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पतालमा भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते २२:४०

१३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस संक्रमण भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार जबरालाई कोरोना संक्रमण पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका छन् ।

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमणका साथै निमोनियाको लक्षण पनि देखिएको छ । जबराको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका डा. प्रवीण नेपालले जानकारी दिए ।

सोमबार विहान पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?