+
+

कांग्रेसको भक्तपुर सभापतिमा दुर्लभ थापा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते ८:५२

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गरेका हुन् ।

पार्टीमा संस्थापन निकट थापाले ५५५ मत प्राप्त गरे भने कवेले ४४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । थापा यसअघि पनि जिल्ला सभापति नै थिए । १३ औं महाधिवेशनमा पनि जिल्ला सभापति पदमा थापा र कवेबीच नै प्रतिस्पर्धा भएको थियो । कवे संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

निर्वाचन समिति अनुसार उपसभापतिमा विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् भने सचिवमा सुशील बस्नेत र राजेश खड्का विजयी भएका छन् । सहसचिव पदमा यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने विजयी भएका हुन् ।

पदाधिकारीमा विजयी सबै सभापति थापा समूहकै रहेको समितिले जनाएको । कोषाध्यक्ष पदमा भने कार्यसमितिले मनोनित गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?