+
+

बन्दीपुरलाई मासु र दूधको हब बनाइँदै

रासस रासस
२०७८ मंसिर १४ गते १४:३७
तनहुँको बन्दिपुर

१४ मङ्सिर, तनहुँ । बन्दीपुर गाउँपालिकाले आफ्नो पालिकालाई मासु र दूध क्षेत्रमा ‘हब’ बनाउने गरी पशुपालन व्यवसायलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाले पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको र पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दीपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ ।

स्थानीयवासी छलिमाया श्रेष्ठले करिब रु१ करोड मूल्य बराबरको उन्नाइस आना जग्गा निःशुल्कः उपलब्ध गराएपछि नेपाल लाइभस्टक सेक्टर इनोसेसन (एनएलएसआइपी)को सहयोगमा एक करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

गाउँपालिकाले दूध प्रतिलिटर एक रुपैयाँ अनुदान दिनाका साथै मासु उत्पादनमा पनि प्रोत्साहनका लागि अनुदान दिने तयारी गरेको छ । यस भवनबाट पशुपालन किसानलाई दिइने सेवा, उत्पादन वृद्धि, पशुमा कृत्रिम गर्भाधान, प्रयोगशाला, प्राविधिक सुझाव, घाँसको बिरुवा वितरण र आवश्यक सिफारिश दिन सहज भएको पशुपक्षी विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।

उक्त भवनबाट सेवा प्रवाह गर्न थालेसँगै गाउँपालिकाका व्यावसायिक पशुपालन किसानलाई थप प्रोत्साहन गर्न सहज भएको उनले बताए । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न थालेकाले यसतर्फ उनीहरूको आकर्षण बढ्दै गएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?