+
+

जापानमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

जापानमा नयाँ कोरोना भेरियन्टका एक संक्रमित फेला परेका छन् । नामिबियाबाट आएका एक पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १७:२५

१४ मंसिर, काठमाडौं । जापानमा नयाँ कोरोना भेरियन्टका एक संक्रमित फेला परेका छन् । नामिबियाबाट आएका एक पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

मंगलबार ३०-४० उमेरका पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जापान टाइम्सले जनाएको छ । जिन सिक्वेन्सिङपछि संक्रमण पुष्टि भएको समाचारमा उल्लेख छ ।

संक्रमित व्यक्ति नामिबियाका कूटनीति रहेको र उनी आइतबार नामिबियाबाट टोकियो आएको जापानका स्वास्थ्यमन्त्री शिगेयुकी गोटोले सञ्चारकर्मीलाई बताए । संक्रमित पुरुषको सम्पर्कमा आएको आशंकामा सँगै आएका ७१ जना यात्रुको परीक्षण भइरहेको र १० दिन क्वारेन्टाइनमा राखिने गोटोको भनाइ थियो ।

विभिन्न मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि सोमबार मात्रै जापानले विदेशी यात्रुलाई १ महिनासम्म प्रवेशमा रोक लगाएको थियो ।

शुरुमा ओमिक्रोन फेला परेको ९ वटा मुलुकमध्ये नामिबिया पनि पर्छ । हालसम्म उक्त भेरियन्ट जापानबाहिर १७ मुलुकमा फेला परेको एनएचके समाचार माध्यमले जनाएको छ ।

तर यो भेरियन्टको संक्रामक क्षमता, विद्यमान खोपको प्रभावकारिता र उत्परिवर्तनको प्रकृतिबारे अझै प्रस्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?