
१४ मंसिर, काठमाडौं । अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि दुई समूह प्यानलसहित मैदानमा उत्रने पक्का भएको छ । नाडाको आगामी नेतृत्वको लागि फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीबीच चुनाव हुने पक्का भएको हो ।
अध्यक्षका प्रत्यासी चौधरी र थापा दुवैले एक्लै होइन प्यानल नै बनाएर चुनावी मैदानमा उत्रने भएका छन् । चौधरीले बुधबार आफ्नो प्यानल घोषणा गर्ने कार्यक्रम राखेका छन् । उता थापाले पनि बिहीबार प्यानल घोषणा गर्ने बताएका छन् ।
चौधरीले आफू वर्तमान उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार भएको बताएका छन् । थापाले भने आफू पूर्वउपाध्यक्ष भएकाले यस पटक आफ्नो दावी रहेको बताएका छन् ।
आफूले यसअघि पनि नेतृत्वका लागि दाबी गरेको भएपनि सहमतिका लागि त्याग गरेको भन्दै थापाले यस पटक त्यस्तो त्याग हुन नसक्ने बताए । उता चौधरी पनि आफूलाई धेरै अटो व्यवसायीहरुको समर्थन रहेको दावीसहित पछि नहट्ने बताएका छन् ।
प्रतिक्रिया 4