+
+

यस्तो बन्दैछ भैंसेपाटीमा मन्त्री क्वार्टर

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ मंसिर १७ गते १६:४७

१७ मंसिर, काठमाडौं । काठमाडौंको भैंसेपाटीमा निर्माणाधीन संघीय सरकारका मन्त्री निवासका भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिकमा पूरा हुनुपर्ने घर निर्माणको काम हालसम्म करिब ६५ प्रतिशत पूरा भएको शहरी विकास तथा भवन निर्माण विभागको भनाइ छ ।

यहाँ २४ मन्त्रीका लागि छुट्टा छुट्टै भवन बनाइएको छ भने सो स्थानमा राष्ट्रिय सभाका अध्यक्षका लागि पनि विशेष भवन तयार गरिएको छ । त्यसबाहेक अरु दुई भवन प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षका लागि तयार गरिएको छ । यी भवन निर्माणको काम गर्न १ अर्ब ३ करोडको लागतमा श्रीको–हनुमान जेभीले ठेक्का पाएको छ ।

ठेक्का सम्झौताअनुसार २७ कात्तिक, २०७८ गते नै यो भवनहरु निर्माण भएर हस्तान्तरण भइसक्नुपर्थ्यो, तर महामारीको कारण देखाएर आयोजनाको म्याद आगामी चैतसम्म थपिएको छ । तर चैतसम्म पनि काम सकिने वा नसकिने टुंगो छैन ।

हेर्नुहोस् भैंसेपाटीस्थित मन्त्री निवासका भवनहरु 

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?