+
+

अमेरिकाको हाइ स्कुलमा गोली चल्दा ३ विद्यार्थीको मृत्यु, शिक्षकसहित ८ घाइते 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते ११:२३

१५ मंसिर, काठमाडौं । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ ।

मंगलबार मिचिगन राज्यको अक्सफोर्डस्थित एक हाइ स्कूलमा गोली चलेको सीएनएनले जनाएको छ । गोली लागेर तीन जना विद्यार्थीको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १६ वर्षीय छात्रसहित १४ र १७ वर्षका दुई छात्रा रहेका छन् ।

त्यस्तै एक शिक्षकसहित सात जना विद्यार्थी गोली लागेर घाइते भएको ओकल्याण्ड काउन्टीका प्रमुख माइकल बुचार्डले जानकारी गराएका छन् ।

हाल गोली चलाएको आशंकामा १५ वर्षीय एक विद्यार्थीलाई हिरासतमा लिइएको छ ।

गोली चलेको खबर पाउनेबित्तिकै सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । सुरक्षाकर्मीले सन्दिग्ध विद्यार्थीले प्रयोग गरेको सेमि-अटोमेटिक हाते बन्दुकसमेत बरामद गरेका छन् ।

विद्यालयको भिडियो क्यामेरामा संदिग्ध विद्यार्थी हतियारसहित बाथरुमबाट निस्केको तर त्यसपछि उनी गएको स्थान प्रस्ट नभएको बुचार्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?